Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

पहिलो अभ्यास खेलमा नेपाल ४ विकेटले विजयी, दिपेन्द्रको विष्फोटक ब्याटिङ

नेपाली राष्ट्रिय क्रिकेट टिमले विनवार्ड्स भोलक्यानोजविरुद्धको पहिलो अभ्यास खेल जितेको छ । गए राति सम्पन्न खेल नेपालले ४ विकेटले जितेको हो ।

विनवार्ड्सले दिएको १९७ रनको लक्ष्य पछाएको नेपालले १९।३ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको थियो । नेपालका लागी ओपनर कुशल भुर्तेलले ४२ बलमा ७१ र दीपेन्द्र सिंह ऐरीले २५ बलमा विष्फोटक ब्याटिङ गर्दै अविजित ५२ रन बनाएका थिए । त्यस्तै सोमपाल कामी ३५ रनमा अविजित रहेका थिए ।

यसअघि पहिला ब्याटिङ गरेको विनवार्ड्सले २० ओभरमा ८ विकेट गुमाउँदै १९६ रन बनाएको थियो । विश्वकपको तयारीमा रहेको नेपालले विनवार्ड्स भोलक्यानोजसँग थप दुई अभ्यास खेल खेल्नेछ । नेपालले अब १६ मेमा दोस्रो र १८ मे मा तेस्रो अभ्यास खेल खेल्ने छ ।