कोशी प्रदेशसभा सदस्य निर्मला लिम्बूले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी रोजेकी छिन् । जनता समाजवादी पार्टी, नेपाल विभाजन भएपछि कोशी प्रदेशसभा सदस्य लिम्बूले जसपा रोजेकी हुन् ।
सांसद लिम्बूले मंगलबार निर्वाचन आयोग पुगेर जसपालाई समर्थन गर्दै सनाखत पनि गरेकी छिन् । लिम्बू जसपा नेपालबाट समानुपातिक निर्वाचन प्रणालीमार्फत कोशी प्रदेशसभा सदस्य बनेकी हुन् ।
तर, जसपा, नेपाल विभाजन भएपछि उनले नवगठित जसपा रोजेकी हुन् । यसअघि जसपा, नेपालबाट लिम्बू दुई पटक स्वास्थ्यमन्त्री समेत बनेकी थिइन् ।
