Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

कोपा अमेरिका खेल्ने ब्राजिलको टिम घोषणा

ब्राजिलले कोपा अमेरिकाका लागि फुटबल टिमको घोषणा गरेको छ । आगामी जुन २० देखि जुलाई २४ सम्म हुने कोपा अमेरिकाका लागि ब्राजिलले २३ सदस्यीय टिम घोषणा गरेको हो ।

ब्राजिलले कोपा अमेरिका खेल्ने टिममा नेइमार, क्यासेमिरो, गाब्रियल जिसस र रिचार्लिसन जस्ता खेलाडीलाई बाहिर राख्दै टिमको घोषणा गरेको छ । कोपा अमेरिकामा ब्राजिल समूह ‘डी’ मा रहेको छ ।

जसमा ब्राजिलसहित कोलोम्बिया, पराग्वे र कोस्टारिका छन् । ब्राजिलले कोपा अमेरिकामा आफ्नो पहिलो खेल जुन २४ मा कोस्टारिकाविरुद्ध खेल्दै छ ।

ब्राजिलको टिम–
गोलकिपर – बेन्टो, एडरसन, एलिसन ।

डिफेन्डर – डानिलो, यान कोउटो, गुइलहेर्मे अराना, वेनडेल, बेराल्डो, एडर मिलिताओ, गाब्रियल मागालहाएस र मार्क्युनोस ।

मिडफिल्डर – आन्द्रेज पेरेइरा, जोआओ गोमेज, ब्रुनो गुइमारेज, डोगलस लुइज र लुकास पाक्वेटा ।

फरवार्ड – एनड्रिक, एभानिल्सन, रोड्रीगो, गाब्रियल मार्टिनेली, राफिन्हा, साभिन्हो र भिनिसियस जुनियर ।