Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

रारामा सुरु भयो कर्णाली प्रदेशको कबड्डी छनोट

१० औ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि रारामा कबड्डी प्रतियोगिता सुरु भएको छ । आगामी मंसिर २ गतेबाट सुर्खेतमा हुन लागेको प्रतियोगिताका लागि छनोट खेल रारामा गरिएको हो ।

कर्णाली प्रदेश खेलकुद विकास परिषद्को आर्थिक सहयोग तथा जिल्ला खेलकुद विकास समितिको आयोजनामा कर्णाली प्रदेशका ९ जिल्लाका महिला तथा पुरुष खेलाडीहरुको सहभागितामा बुधबारदेखि तीन दिनसम्म कबड्डी प्रतियोगिता आयोजना गरिएको हो ।

Photo (1).jpg

छनोट प्रतियोगितामा हुम्लाबाहेक ९ जिल्लाका पुरुष ९ महिला ७ टिम गरी १ सय ६० खेलाडी सहभागी छन् । मुगुका चार स्थानीय तहले समेत उक्त प्रतियोगितामा आर्थिक सहयोग गर्ने प्रतिबद्धता गरेपछि राराको पर्यटन प्रवर्धनलाई खेलकुदसँग पनि जोडिने भएकाले खेलस्थल रारा छनोट भएको खेलकुद बिकास समिति मुगुका अध्यक्ष वीरेन्द्रबहादुर मल्लले बताए ।

आगामी मंसिरमा सुर्खेतमा हुन लागेको राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि कर्णाली १० वटै जिल्लामा  एक÷एक खेलको आयोजना गर्ने परिषद्को निर्णय छ ।