Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

प्रभु बैंक र स्वस्तिक हेल्थ केयर सेन्टरबीच छुट सम्झौता

प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुलाई ललितपुरको सातदोबाटोस्थित स्वस्तिक हेल्थ केयर सेन्टरको अन्तरङ्ग तथा बहिरङ्ग सेवामा ओपिडि टिकट बाहेक रेडियोलोजी, प्याथोलोजी, फार्मेसी, फिजियोथेरापी लगायतका स्वास्थ सेवाहरुमा विशेष छुट हुने भएको छ । यस सम्बन्धमा दुई पक्षीय समझदारी भएको छ ।

एक समारोहका बिच स्वस्तिक हेल्थ केयर सेन्टरका अध्यक्ष डा. अमृश थापा र प्रभु बैंकका प्रमूख मार्केटिङ्ग अफिसर रविन्द्र ढकालले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरे ।

छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले प्रभु बैंकको मान्य डेबिट कार्ड,क्रेडिट कार्ड तथा प्रिभलेज कार्ड मध्ये कुनै एक स्वस्तिक हेल्थ केयर सेन्टरमा पेश गर्नुपर्ने छ ।