Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपाल ६ विकेटले विजयी

नेपालले वेस्ट इन्डिज ए विरुद्धको टी-२० सिरिजको अन्तिम खेलमा जित हासिल गरेको छ ।

शनिबार सम्पन्न खेलमा नेपालले वेस्ट इन्डिज ए लाई ६ विकेटले पराजित गरेको हो । वेस्ट इन्डिज ए ले दिएको १७३ रनको लक्ष्य पछाएको नेपालले १८.५ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पुरा गरको थियो । 

440465155_859582519531463_3484450689967355899_n.jpg

नेपालका लागि अनिल शाहले ५८ र आसिफ सेखले ५१ रन बनाउँदै अर्धशतकीय पारी खेलेका थिए । त्यस्तै कुशल भुर्तेलले १३, कुशल मल्लले अविजित ३७ र दीपेन्द्र सिंह ऐरीले ५ रन बनाएका थिए ।

त्यस्तै वेस्ट इन्डिजका बलर ओबेड म्याककोयले ३ र म्याथुज फोर्डले एक विकेट लिएका थिए । यसअघि टस जितेर पहिला ब्याटिङ गरेको वेस्ट इन्डिज ए ले २० ओभरमा ७ विकेट गुमाएर १७२ रन बनाएको थियो ।

440581797_859583479531367_8557822587025176612_n.jpg

वेस्ट इन्डिज ए का लागि एलिक एथानाजले सर्वाधिक ४२ रन बनाएका थिए भने कप्तान रोस्टन चेजले ३३ रन बनाएका थिए । त्यसैगरी जोन्सन चार्लेजले २४, म्याथ्युज फोर्डले २३ रन बनाएका थिए ।

त्यसैगरी नेपाली बलर सागर ढकाल र सोमपाल कामीले ३-३ विकेट लिएका थिए भने अविनाश बोहोराले एक विकेट लिएका थिए ।

438274984_859582012864847_5819129058755566228_n.jpg

योसँगै वेस्ट इन्डिज ए ले ३-२ ले टी-२० सिरिज जितेको छ । योसँगै नेपाली क्रिकेट टिम विश्वकपका लागि आइतबार अमेरिकातर्फ प्रस्थान गर्ने तालिका रहेको छ ।

440455165_859583506198031_1708991010995208604_n.jpg