Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

राप्रपा अध्यक्ष लिङदेनले गरे ८९औँ पटक रक्तदान

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले ८९औँ पटक रक्तदान गरेका छन्।

Rajendra Lingden.jpg

पार्टी निकट युवा संगठनले पार्टी केन्द्रीय कार्यालय काठमाडौंमा आयोजना गरेको रक्तदान कार्यक्रममा सहभागी बनेका अध्यक्ष लिङदेनले आफूले नियमित रक्तदानमा सहभागीता जनाउने गरेको उल्लेख गरे।

Photo (2).jpg

उनले रगत दिएर अरुको जिवन बचाउने जस्तो महत्वपूर्ण कार्यमा आफू रमाउनले गरेको धारणा राखे। रक्तदान गर्दै उनले भने,‘म नियमित रक्तदाता हो। आज मेरो ८९औँ पटकको रक्तदान हो।’

Photo (4).jpg


समय मिल्दा हरेक तीन महिनामा आफूले रक्तदान गर्दै आएको उल्लेख गर्दै उनले थपे,‘रक्तदान जस्तो महत्वपूर्ण कार्यमा भाग लिन पनि पाउने र पार्टीका युवाहरूले यस्तो महत्वपूर्ण कार्यक्रम सञ्चालन गरिरहेका छन्। उनीहरूलाई हौसला र प्रोत्साहन गर्न आज यहाँ सहभागी भए।’

Photo (3).jpg