Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

गण्डकीका मुख्यमन्त्री अधिकारीले आइतबार विश्वासको मत लिने

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आइतबार विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्रीमा नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिने संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिन लागेका हुन् ।

मुख्यमन्त्री अधिकारीले सभामुखलाई गणना गरेर दाबी पेस गरेपछि निवर्तमान मुख्यमन्त्री कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले गत चैत २७ गते सर्वोच्चमा रिट दायर गरेका थिए ।

संविधानको व्यवस्था विपरीत सभामुखलाई सत्ता राजनीतिमा जोडेको भन्दै उक्त नियुक्ति बदर गर्न पाण्डेको माग छ । तर सोमबार सर्वोच्चले उक्त रिट खारेज गरेर मुख्यमन्त्री अधिकारीलाई संसद् फेस गर्ने बाटो खुला गरेको छ । विश्वासको मतपछि उनले मन्त्रीपरिषद् विस्तार गर्ने तयारी गरेका छन् ।