Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

वेष्ट इण्डिज ‘ए’ ले नेपाललाई दियो २१० रनको लक्ष्य

वेष्ट इण्डिज ‘ए’ ले नेपाललाई २१० रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ गरेको वेष्ट इण्डिज ‘ए’ ले २० ओभरमा ३ विकेट गुमाएर २०९ रन बनाएको हो ।

वेष्ट इण्डिज ‘ए’ का लागि आन्द्रे फ्लेचरले सर्बाधिक अविजित ८४ रन बनाएका थिए भने जोन्सन चार्लेजले ५८ रन बनाएका थिए । त्यसैगरी फाबियन एलेनले ३३ रन बनाएका थिए । 

त्यस्तै नेपाली बलर कुशल भुर्तेलले २ विकेट लिए भने प्रतिस जिसीले एक विकेट लिएका थिए ।