Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

प्रथम विपि स्मृती खुल्ला राष्ट्रिय उसु सान्दा प्रतियोगितामा सशस्त्र प्रहरीका खेलाडी विनोद श्रेष्ठ विजेता

ललितपुरमा जारी प्रथम विपि स्मृती खुल्ला राष्ट्रिय उसु सान्दा प्रतियोगितामा विनोद श्रेष्ठ प्रथम भएका छन् । 

ललितपुरमा जारी प्रथम वि.पि. स्मृती खुल्ला राष्ट्रिय उसु सान्दा प्रतियोगिता २०८१ मा ७० के.जी. तौल समुहमा सुदुर पश्चिम, कर्णाली प्रदेश र नेपाली सेनाका खेलाडीलाई हराउँदै सशस्त्र प्रहरी बल (APF) का खेलाडी, गोरखा जिल्ला शहिद लखन गा.पा.८ का विनोद श्रेष्ठले स्वर्ण पदक जित्न सफल भएका हुन्। 

प्रतियोगितामा सशस्त्र प्रहरी बल (APF) प्रथम,  नेपाल प्रहरी दोस्रो र नेपाल आर्मी तेस्रो भएको छ ।

विजेता विनोद श्रेष्ठले स्वर्ण पदकसहित १० हजार नगद पुरस्कार प्रात्त गरेका छन् ।