आगामी महिना अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकपका लागि नेपाली टोली घोषणा भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो । टोलीमा स्पिनर सागर ढकाल र तिब्र गतिका बलर कमल सिंह ऐरी पनि समेटिएका छन् । सन्दीप लामिछानेको अनुपस्थितिमा युवा स्पिनर ढकाललाई मौका मिलेको हो ।
विश्वकपमा नेपाल रहेको समूह ‘डी’ मा दक्षिण अफ्रिकासहित बङ्गलादेश, श्रीलङ्का र नेदरल्यान्ड्स छन्।
नेपालको टोली
आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, रोहित पौडेल (कप्तान), कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुल्शन झा, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा, प्रतिश जिसी, ललित राजवंशी, सागर ढकाल र कमलसिंह ऐरी र अनिलकुमार शाह ।