Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

नेपाल वेष्ट इण्डिज ‘ए’ सँग पराजित

टी–२० श्रृंखलाको तेस्रो खेलमा वेष्ट इण्डिज ‘ए’ ले नेपाललाई ७६ हराएको छ । वेष्ट इण्डिज ‘ए’ ले दिएको २२८ रनको विशाल लक्ष्य पछ्याएको नेपाल १९ ओभर २ बलमा १५१ रनमा समेटियो । नेपालका लागि करण केसीले सर्वाधिक २८ रन जोडे ।

गुल्सन झा ६, लोकेश बम २८, आरिफ शेख ३ रन, अनिलकुमार शाह ११, दीपेन्द्रसिंह ऐरी ७, विनोद भण्डारी १९, बिबेक यादव ३, कुशल मल्ल २० र कमलसिंह ऐरी ६ रनमा आउट हुँदा सागर ढकाल ३ रनमा अविजित रहे ।

यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको वेस्ट इण्डिज ‘ए’ निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय २७ रन बनाएको थियो । वेष्ट इण्डिज ‘ए’ का लागि जोनसन चाल्र्सले शतकीय अविजित इनिङ खेले ।

उनी ११९ रनमा अविजित रहे । आन्द्रे फ्लेचरले ५३ रनको योगदान दिए । एलिक अथान्जले २७, फाबिएन एलेनले १९ रन बनाएर आउट हुँदा किमो पल १३ रनमा अविजित रहे । बलिङमा नेपालका करण केसी र सागर ढकालले एकएक विकेट लिएका थिए । योसँगै वेष्ट इण्डिज ‘ए’ ले ५ खेलको टी–२० सिरिजमा २–१ को अग्रता लिएको छ ।