Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

काठमाडौंमा नीरफूलको याम (फोटोफिचर)

घण्टाघर, भद्रकाली, सहिदगेट, रत्नपार्क लगायतका विभिन्न स्थानमा यतिबेला बैजनी रङका ज्याकरन्डा फूलले सहरी सौन्दर्य बढाएको छ ।

Photo-14-23.webp

वसन्त ऋतुको याममा धेरै ठाउँ बेसार रङको काइँयो पनि फुलेको छ ।

Photo-12-33.webp

हावाले फूल सडकमा झार्दा धेरै ठाउँ बैजनी गलैंचा जस्तो झल्को दिएको छ ।

Photo-11-43-scaled.webp

बर्सेनि यही बेला फुल्ने बैजनी रङका फूल काठमाडौं उपत्यकाले देख्न थालेको करिब दुई सय वर्ष भएको मानिन्छ ।

Photo-14-23.webp

ज्याकरन्डा फूल रैथाने वनस्पति भने होइन ।

Photo-10-35.webp

यसलाई धेरैले झट्ट हेरेर रैथाने शिरीषको प्रजाति ठान्छन् । तर, यो शिरीष होइन ।

Photo-6-59-scaled.webp

दक्षिण अमेरिकाको रैथाने यो वनस्पति सहरी सौन्दर्यका लागि संसारका विभिन्न मुलुकमा लगाउने गरिएको छ । 

Photo-7-56-scaled.webp

युरोप, अफ्रिका हुँदै ज्याकरण्डा एसियाली मुलुकमा भित्रिएको मानिन्छ ।

Photo-2-2024-04-29T175813.447-scaled.webp

जो होस् यो फूल जहाँ यतिबेला फुलेका छन्, उपत्यकाका ती सडक र गल्लीको सौन्दर्य नै छुट्टै बनेको छ ।

Photo-3-2024-04-29T175812.120-scaled.webp