Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

इलाम–२ मतगणनाः मतान्तर फराकिलो हुँदै

इलाम प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले मतान्तर फराकिलो बनाएका छन् । आज आइतबार दिउँसो १२ बजेबाट जारी मतगणनामा अहिले फाकफोकथुम गाउँपालिकाको मतगणना जारी छ ।

सुरुवाती २ वडामा कांग्रेसका डम्बरबहादुर खड्काले अग्रता बनाएको भएपनि वडा नम्बर ३ र ४ को मतगणनापछि एमालेका नेम्वाङ अघि लागेका हुन् ।

ताजा अवस्थामा एमाले उमेदवार सुहाङ ७ सय ८० मतले अघि लागेका छन् । उनले ३ हजार २ सय ४९ मत पाएका छन् भने कांग्रेसका खड्काले २ हजार ४ सय ६९ मत प्राप्त गरेका छन् ।

तेस्रोमा पहिचान पक्षका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिम लिम्बू छन् । उनले ७ सय ३ मत प्राप्त गरेका छन् । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का उम्मेदवार मिलन लिम्बुले ४ सय ३४ मत प्राप्त गरेका छन् ।