Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

दोस्रो खेलमा वेष्ट इन्डिज ‘ए’ सँग नेपाल १० रनले पराजित

दोस्रो टी-२० खेलमा नेपाल वेष्ट इन्डिज ‘ए’ सँग १० रनले पराजित भएको छ । जितका लागि वेष्ट इन्डिज ‘ए’ ले दिएको १६१ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५० रन मात्र बनाउन सक्यो ।

खेलमा नेपालका लागि कप्तान रोहित पौडेलले ७१ रन जोडे । यस्तै लोकेश बम १७, कुशल भुर्तेल २, गुल्सन झा २६, दीपेन्द्रसिंह ऐरी ३, आरिफ शेख १२, सोमपाल कामी ३, अनिलकुमार शाह एक र कुशल मल्ल शुन्य रनमा आउट भए ।

योसँगै पाँच खेलको टी-२० सिरिज १र१ को बराबरी अवस्थामा पुगेको छ ।