Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

तेस्रो लगानी सम्मेलन शुरु, प्रधानमन्त्रीद्वारा उद्घाटन (फोटोफिचर)

मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना कार्यान्वयन गर्ने लक्ष्यका साथ तेस्रो लगानी सम्मेलन प्रारम्भ भएको छ । 

WhatsApp Image 2024-04-28 at 10.23.06_3cd5791b.jpg

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज काठमाडौंमा आयोजित विशेष समारोहमा सम्मेलनको उद्घाटन गरेका छन् ।

WhatsApp Image 2024-04-28 at 10.23.05_50b8e034.jpg

सम्मेलनमा लगानीका लागि एक सय ५१ परियोजना प्रस्तुत गरिएका छन् भने त्यसमा ५५ भन्दा बढी देशका एक हजार छ सय लगानीकर्ताले भाग लिएका छन् ।

WhatsApp Image 2024-04-28 at 10.23.01_31789a73.jpg

लगानीका निम्ति प्रस्तुत गरिने परियोजनासम्बन्धी विस्तृत विवरणसहितका २३ वटा प्रदर्शनी कक्ष सम्मेलनस्थलमा राखिएका छन् ।

WhatsApp Image 2024-04-28 at 10.23.04_2cf1a4d7.jpg

साथै १९ वटा परियोजनाका लागि आशयपत्र आह्वान गरिने कार्यक्रम छ । 

WhatsApp Image 2024-04-28 at 10.23.03_aae9c509.jpg

यसअघि २०७३ साल फागुन १९ र २० गते पहिलो तथा २०७५ चैत १५ र १६ गते दोस्रो लगानी सम्मेलन आयोजना गरिएको थियो ।

WhatsApp Image 2024-04-28 at 10.23.02_6a511f32.jpg

 

WhatsApp Image 2024-04-28 at 10.23.00_2f99a9a3.jpg