Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

वेस्ट इन्डिज ‘ए’सँग दोस्रो खेल खेल्दै नेपाल

वेस्ट इन्डिज ‘ए’सँग नेपाल आज आइतबार दोस्रो खेल खेल्दैछ। खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा १२ः१५ बजेबाट सुरू हुने छ।

 शनिबार भएको पहिलो खेलमा वेस्ट इन्डिज ‘ए’ माथि नेपालले ऐतिहासिक जित निकालेको थियो। कप्तान रोहितकुमार पौडेलको शतकीय पारीमा घरेलु टोली नेपालले टी–२० शृङखलाको पहिलो खेलमा वेस्ट इन्डिज ‘ए’माथि ४ विकेटको ऐतिहासिक जित दर्ता गरेको थियो।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वेस्ट इन्डिज ‘ए’ले जितका लागि दिएको २०५ रनको बलियो लक्ष्य पाएको नेपालले ६ विकेटको क्षतिमा निर्धारित २० ओभरमा २ बल बाँकी छँदै पूरा गरेको थियो।