Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

टी–२० क्रिकेट शृंखलाः कप्तान पौडेलको शानदार शतकमा वेस्ट इण्डिजविरुद्ध नेपालको सनसनीपूर्ण जीत

कप्तान रोहित पौडेलको उत्कृष्ट शतकीय इनिङका साथ नेपालले बलियो टोली वेस्ट इण्डिज ‘ए’विरुद्ध सनसनीपूर्ण जीत हासिल गरेको छ ।

२०५ को विशाल रनको लक्ष्य पछ्याएको नेपालले टेस्ट टोली वेस्ट इण्डिजको ए टोलीलाई टी–२० सिरिजको पहिलो खेलमा नेपालले ४ विकेटले पराजित गरेको हो ।

नेपालले २ बल बाँकी छँदै ६ विकेट गुमाएर २०५ रनको लक्ष्य पूरा गरेको हो । रोहितले ४७ बलमा शतक प्रहार गरेका हुन् । उनी ५४ बलमा ११२ रन बनाएर आउट भए । 

438241998_854894153333633_2318660195742458851_n.jpg

यस क्रममा उनले ६ छक्का र १० चौका प्रहार गरे । यस्तै दीपेन्द्रसिंह ऐरीले २४, कुशल मल्ल र कुशल भुर्तेलले १६–१६ रन जोडे ।

यसैगरी गुल्सन झाले अविजित ९ तथा प्रतिश जीसीले ५ रन बनाएपछि नेपालले लक्ष्य भेट्टायो ।  यसअघि विवेक यादव ७ र अनिल साह ५ रनमा आउट भएका थिए ।     

यसअघि वेस्ट इन्डिज ‘ए’ले टी–२० श्रृंखलाको पहिलो खेलमा घरेलु टोली नेपाललाई २०५ रनको चुनौतीपूर्ण लक्ष्य दिएको थियो । नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको टेस्ट राष्ट्र वेस्ट इन्डिजले २० ओभरमा ५ विकेट गुमाएर २०५ रनको लक्ष्य दिएको हो । 

438222787_854894123333636_971103869690444192_n.jpg

वेस्ट इन्डिजका लागि कप्तान रोस्टन चेजले सर्वाधिक ७४ रन बनाए । अर्धशतकीय पारी खेलेका उनलाई दीपेन्द्रसिंह ऐरीले आउट गराएका हुन् ।  दीपेन्द्रले अन्तिम ओभरमा ४ रन मात्रै दिएर १ विकेट लिए ।

पहिलो ओभरको अन्तिम बलमा कमलसिंह ऐरीले जोन्सन चाल्र्सलाई शून्यमा बोल्ड गरेका थिए ।  ३.३ ओभरमा एन्ड्रे फ्लेचर रनआउट भएका थिए । 

438222282_854894193333629_6372610834097677267_n.jpg

वेस्ट इन्डिजका लागि अलिक अथान्जे २५ बलमा ४७ रन बनाए । उनलाई ६.५ ओभरमा कप्तान रोहित पौडेलले ललित राजवंशीबाट क्याचआउट गराएका हुन् ।  १४.२ ओभरमा ३८ रन बनाएर खेलेका केसी कार्टीलाई अविनाश बोहराले दीपेन्द्रबाट क्याचआउट गराएका हुन् ।