Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

वेष्ट इण्डिज ‘ए’ विरुद्ध कप्तान रोहितले बनाए अर्धशतक

वेष्ट इण्डिज ‘ए’ र नेपालबीच शनिबार सुरु भएको टी–२० श्रृंखलाको पहिलो खेलमा नेपालका कप्तान रोहित पौडेलले अर्धशतक बनाएका छन् ।

त्रिवि मैदानमा नेपालले टस जिते पहिला बलिङ गरेको थियो । पहिला ब्याटिङ गरेको वेष्ट इण्डिजले २०४ रन बनाएको थियो । २०५ रनको लक्ष्य पछ्याएको नेपालले अहिले जवाफी ब्याटिङ गरिरहेको छ । 

नेपालका लागि पौडेलले २७ बलमा अर्धशतक बनाएका हुन् । उनीसँगै अहिले क्रिजमा दीपेन्द्रसिंह ऐरी छन् । यो समाचार तयार पार्दासम्म नेपालले ११ ओभरमा तीन विकेट गुमाएर ९६ रन बनाएको छ ।