Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश फेरी पक्राउ

रुपन्देही प्रहरीले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ का छोरा दीपेश पुनलाई फेरी पक्राउ गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को पत्रको आधारमा उनलाई रुपन्देही प्रहरीले आज फेरी पक्राउ गरेको जनाइएको छ । बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतले मागेको धरौटी बुझाएसँगै उनी छुटेपनि लगत्तै पक्राउ परेका स्रोतले बतायो ।

दीपेश पुनका बारेमा सीआईबीमा अर्को उजुरी भएका कारण उनी पक्राउ परेका प्रहरी स्रोतले सुनौलो नेपाललाई बतायो । पक्राउ परेका पुनलाई आजै काठमाडौँ ल्याइएको स्रोतको दाबी छ ।

६० किलो सुन तस्करी प्रकरणमा मुछिएकाले पुन छानबिनको दायरामा रहेको बताइएको छ ।