Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

एसीसी प्रिमियर कप: नेपालले यूएईलाई दियो १२० रनको लक्ष्य

ओमानमा जारी एसीसी प्रिमियर कप २०२४ को पहिलो सेमिफाइनल खेलमा नेपालले युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध १२० रनको लक्ष्य प्रस्तुत गरेको छ ।

शुक्रबार ओमानको अल अमेरत क्रिकेट मैदानमा सन्दीप जोरा बाहेक अन्य ब्याटर चल्न नसक्दा टस हारेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ११९ रनमात्र बनाएको हो ।

टस हारेर नेपालले पहिले ब्याटिङ गरेको नेपाल ९ विकेटको क्षतिमा ११९ रन बनायो । नेपालका लागि सन्दीप जोराले अर्धशतक प्रहार गरे । उनले ४ चौका र २ छक्काको मद्दतमा ५० रन बनाए ।

नेपाल समूह ‘ए’ बाट ४ खेलमा ८ अंकका साथ शीर्ष स्थानमा तथा युएई ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ दोस्रो स्थानमा रहेर सेमिफाइनलमा पुगेका हुन् ।