Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

नेपालले पहिलो बलमै विकेट गुमायो, कुशल भुर्तेल आउट

एसीसी प्रिमियर कपको फाइनल प्रवेशका लागि नेपालले आज यूएईसँग खेलिरहेको छ । टस हारेर पहिले ब्याटिङ गरिरहेको नेपालले पहिलो बलमै विकेट गुमाएको छ । जुनैद सिद्दिकीको बलमा ओपनर कुशल भुर्तेल आउट भएका छन् । 

नेपालले साउदी अरेवियासँगको खेलबाट टोलीमा एक परिवर्तन गरेको छ । विश्राम पाएका सोमपाल कामी टोलीमा फर्किदा प्रतिश जि.सी बेन्चमा छन् । ओमानको अल अमरात क्रिकेट मैदानमा भएको टसमा युएईका कप्तान मोहम्मद वासिमले टस जित्दै नेपाललाई ब्याटिङको निम्तो दिए ।

नेपाल समूह ‘ए’ को विजेता रूपमा सेमिफाइलमा पुगेको हो भने यूएई समूह ‘बी’को उपविजेताका रूपमा सेमिफाइनल प्रवेश गरेको हो । समूह चरणको खेलमा नेपालले सबै चार खेलमा जित हात पारेको थियो । नेपालले मलेसियालाई पाँच विकेट, कतारलाई ३२ रन, हङकङलाई आठ विकेट र साउदी अरेबियालाई ६ विकेटले पराजित गरेको थियो ।

त्यसैगरी, यूएईले कुवेतलाई सात विकेट, बहराइनलाई ३७ र कम्बाेडियालाई नौ विकेटले हराएको थियो भने ओमानसँग नौ विकेटको पराजित भएको थियो । आजै हुने अर्को सेमिफइनलमा सेमिफाइनलमा ओमान र हङकङवीच प्रतिस्पर्धा हुँदै छ । नेपाल र युएईबीच ९ टी–२० आई खेल भएका छन् । नेपाल ५ मा जित र ४ मा पराजित भएको छ ।