Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

एसीसी प्रिमियर कप: यूएईविरुद्धको सेमिफाइनलमा नेपाल टस हारेर ब्याटिङ गर्दै

एसीसी प्रिमियर कप ट्वान्टी २० क्रिकेट प्रतियोगिताअन्तर्गत संयुक्त अरब इमिरेट्स (यूएई)विरुद्धको सेमिफाइनलमा नेपालले टस हारेको छ । अलअमरेत क्रिकेट ग्राउन्ड १ मा भएको टसमा युएईका कप्तान मोहम्मद वासिमले टस जितेर पहिला फिल्डिङ रोजेका छन् ।

नेपालले साउदी अरेवियासँगको खेलबाट टोलीमा एक परिवर्तन गरेको छ । विश्राम पाएका सोमपाल कामी टोलीमा फर्किदा प्रतिश जि.सी बेन्चमा छन् । ओमानको अल अमरात क्रिकेट मैदानमा भएको टसमा युएईका कप्तान मोहम्मद वासिमले टस जित्दै नेपाललाई ब्याटिङको निम्तो दिए ।

नेपाल समूह ‘ए’ को विजेता रूपमा सेमिफाइलमा पुगेको हो भने यूएई समूह ‘बी’को उपविजेताका रूपमा सेमिफाइनल प्रवेश गरेको हो । समूह चरणको खेलमा नेपालले सबै चार खेलमा जित हात पारेको थियो । नेपालले मलेसियालाई पाँच विकेट, कतारलाई ३२ रन, हङकङलाई आठ विकेट र साउदी अरेबियालाई ६ विकेटले पराजित गरेको थियो । 

त्यसैगरी, यूएईले कुवेतलाई सात विकेट, बहराइनलाई ३७ र कम्बाेडियालाई नौ विकेटले हराएको थियो भने ओमानसँग नौ विकेटको पराजित भएको थियो । आजै हुने अर्को सेमिफइनलमा सेमिफाइनलमा ओमान र हङकङवीच प्रतिस्पर्धा हुँदै छ । नेपाल र युएईबीच ९ टी–२० आई खेल भएका छन् । नेपाल ५ मा जित र ४ मा पराजित भएको छ ।