Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

एसीसी प्रिमियर कप: फाइनल प्रवेशका लागि नेपाल र  यूएई भिड्दै

एसीसी प्रिमियर कपको सेमिफाइनलमा आज नेपालले  यूएईसँग प्रतिस्पर्धा गर्दै छ । ओमानमा जारी प्रतियोगितामा नेपाल र यूएईबीचको खेल बिहान ११ः४५ बजे सुरु हुनेछ ।

अर्को सेमिफाइनल खेल ओमान र हङकङबीच हुनेछ ।यी दुई टिमबीचको खेल आजै अपराह्न ४ः१६ बजे हुने तय भएको छ । 

सेमिफाइनलमा पराजित हुने टोलीले शनिबार तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् । फाइनल खेल आइतबार हुनेछ ।