Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

एसीसी प्रिमियर कप: साउदीले नेपाललाई दियो ७४ रनको लक्ष्य

एसीसी प्रिमियर कप २०२४ मा साउदी अरबले नेपाललाई ७४ रनको लक्ष्य दिएको छ ।

अलअमरेत क्रिकेट ग्राउण्ड २ मा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको साउदीले ८ ओभरमा ७ विकेट गुमाउँदै ७३ रन बनायो ।

साउदीका ओपनर अब्दुल वाहिदले १६ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ३७ बनाए । अन्य कुनैपनि साउदीका ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका करण केसीले २ ओभरमा २१ रन खर्चेर २ विकेट लिए । अभिनाश बोहराले २ ओभरमा १५ रन खर्चेर २ विकेट लिए । प्रतिश जि.सी र ललित राजवंशीले १–१ विकेट लिए ।