Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

मनिताले हङकङमा हुने एसियन जुडोमा खेल्ने

नेपालकी मनिता श्रेष्ठले हङकङमा आयोजना हुने एसियन जुडो च्याम्पिनयसीपमा प्रतिष्पर्धा गर्ने भएकी छिन् । प्रतियोगिता अप्रिल २० देखि २४ सम्म हुनेछ ।

Photo (2).jpeg

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले राम्रो प्रदर्शनका लागि शुभकामना दिँदै बुधबार सातदोबाटोमा आयोजित कार्यक्रममा नेपाली टिमलाई बिदाइ गरे ।

Photo (1).jpeg

त्यस अवसरमा नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यको पनि सहभागिता थियो । नेपाली टिममा प्रशिक्षक देवु थापा रहेकी छिन् भने व्यवस्थापकमा सुप्रशिद्ध ताम्राकार छन् ।

Photo (4).jpeg

मनिताले महिला ५७ केजीमुनिको तौल समूहमा प्रतिष्र्धा गर्नेछिन् । उनी ओलम्पिक स्कलरसिप प्राप्त खेलाडी हुन् ।