बुबा सम्भुनाथ पराजुली र आमा राधादेवी पराजुलीको कोखबाट २३ वर्ष अघि इटहरीमा जन्मेकी हुन् रजीता पराजुली। अहिले नेपाली रजतको क्षेत्र चम्की रहेकी छिन । रजिता पराजुली मिस्टर एण्ड मिस नेशनल नेपालमा यतिखेर प्रतिष्पर्धा गरिरहेकी छिन् । 
जसको मन निकै कोमल छ । खास गरी उनी न कसैको दुख देख्न सक्छिन । न आफ्नै दुखमा आतिन्छिन । उनी अरुको दुखलाई सुख बनाइदिन केहि न केहि योगदान वा सहयोग गरौ भन्ने भवना राख्छिन ।

समाजमा भेटिएका निमुखा र अलपत्र परेकाहरुलाई कहिले न्यानो कपडा वितरण गर्छिन । अनी कहिले खाना तथा अन्य सहयोग गर्छीन । उनले यसरी गर्ने सहयोग चाहि अरुबाट मागेर नभएर आफुसग जे छ जती हुन्छ त्यसैबाट सहयोग गर्ने गर्छीन । एक मद्यम परिवारमा जन्मेकी रजीताको स्थाई घर सुनसरीको इटहरी स्थित चकरघट्टी हो ।

उनले फिटनेस राउन्ड पनि जितिसकेकी छिन्। उनी ईमेज मेघा मोडेलकि फाइनलिस्ट पनि रहेकि थिइन्। उनी संस्कृतकि विद्यार्थी पनि हुन। संस्कृत पढेकै कारण आफ्नो बोलि, भाषा स्पष्ट भएको उनी बताउँछिन्।

उनी मिस्टर एण्ड मिस नेशनल नेपालको २४ नम्बरकि कन्टेस्टेन्ट हुन। सानै उमेरमा उनले बाबाको माया पाइनन । एकल आमा र मध्यम वर्गीय परिवारमा जन्मेकि उनी ठुलै मिहिनेतपछि यहाँसम्म आइपुगेको उनको भनाइ छ। यसै प्ल्याटफर्म मार्फत देशलाई चिनाउन चाहेको उनी बताउँछिन्।

उनी कला क्षेत्रमा पनि अब्बल हुन्। कलालय इटहरीबाट थिएटर सिकेको उनी बताउँछिन्। हाल उनी फ्रिलान्सिङ गरिरहेकि छिन्।
