Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

आफ्नै रेकर्ड तोड्दै हैदराबादले बनायो आइपीएल इतिहासमा धेरै रनको नयाँ रेकर्ड, बैंग्लोरलाई दियो २८८ रनको लक्ष्य

आइपीएल इतिहासमा आजसम्मकैं धेरै रन बनाएर सनराइजर्स हैदराबादले आफ्नै रेकर्ड तोड्दै नयाँ रेकर्ड बनाएको छ।

आज जारी खेलमा हैदराबादले रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) विरुद्ध ३ विकेट गुमाएर २८७ रन बनाएको हो। आईपीएलको इतिहासमा यो सबैभन्दा ठूलो स्कोर हो, यसअघि एसआरएचले यस सिजन मुम्बईविरुद्ध २७७ रन बनाएको थियो।

ff.jpg

इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादका ब्याट्सम्यानले उत्कृष्ट प्रदर्शन जारी राखेका छन् । एम चिन्नास्वामी स्टेडियममा आरसीबीले टस जितेर पहिले बलिङ रोजेको थियो । एसआरएचका ट्राभिस हेडले ३९ बलमा शतक, ४१ बलमा १०२ रन बनाए ।

head.jpg

हेनरिक क्लासेनले ६७, अभिषेक शर्माले ३४, अब्दुल समदले १० बलमा ३७ र एडेन मार्करामले ३२ रन बनाए । बैंगलोरका लोकी फर्गुसनले २ विकेट लिए ।

आरसीबीले यो सिजन अहिलेसम्म ६ खेल खेलेको छ, जसमध्ये १ खेल मात्र जितेको छ । उनले पछिल्ला ४ खेलमा लगातार हार बेहोरेका छन् । अर्कोतर्फ प्याट कमिन्सको कप्तानीमा रहेको हैदरावाद टोलीले ५ खेलमध्ये ३ जित र २ हार बेहोरेको छ ।