Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

हङकङलाई ८ विकेटले पराजित गर्दै एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपाल

नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा पुगेको छ। सोमबार हङकङलाई ८ विकेटले पराजित गर्दै समूह ‘बी’ मा रहेको नेपाल एक खेलअगावै सेमिफाइनलमा पुगेको हो।

ओमानको अल अमेरत क्रिकेट मैदानमा हङकङले प्रस्तुत गरेको ११५ रनको लक्ष्य नेपालले १२.२ ओभरमा दुई विकेट गुमाएर पूरा गर्‍यो । नेपालको जितमा ओपनर आसिफ शेखले ४० रन बनाए । आक्रामक रूपमा प्रस्तुत भएका आसिफले १८ बलमा समान तीन चौका र तीन छक्का प्रहार गरे ।

nepal HNK.jpg

अर्का ओनपर कुशल भुर्तेलले १९ बलमा तीन चौका र दुई छक्कासहित ३२ रन थपे । यी दुईले पहिलो विकेटका लागि ५.३ ओभरमा ७० रनको साझेदारी गर्दै नेपाललाई बलियो सुरुआत दिलाएका थिए ।  कप्तान रोहितकुमार पौडेल २५ र सन्दीप जोरा १९ रनमा अविजित रहे।

हङकङका इशान खान र यासिम मुर्तजाले १/१ विकेट लिए।