एसीसी प्रिमियर लिगमा वर्षाका कारण एक घण्टा प्रभावित बनेको आजको खेलमा नेपालले हङकङविरुद्ध पहिले फिल्डिङ गरिरहेको छ । खेल १८ ओभरमा छोट्याइएको छ ।
ओमानको अल अमेरत क्रिकेट मैदानमा हुने खेलका लागि भएको टस जितेर नेपाली टिमका कप्तान रोहितकुमार पौडेलले फिल्डिङको निर्णय गर्दै हङकङलाई ब्याटिङको निम्तो दिए ।
खेल नेपाली समयअनुसार बिहान ११ः४५ बजेदेखि सुरु हुने तालिका रहे पनि वर्षाका कारण एक घण्टा प्रभावित बनेको हो । खेलमा नेपाल लगातार तेस्रो जितसँगै सेमिफाइनलमा पुग्ने लक्ष्यमा छ ।
यो खेल जिते नेपालले समूह चरणको अन्तिम खेलअगावै अन्तिम–४ को यात्रा तय गर्नेछ । उता, आइतबार साउदी अरेबियासँग ५५ रनको अप्रत्यासित हार व्यहोरेको हङकङलाई सेमिफाइनल सम्भावना कायम राख्न आज जित्नैपर्ने दबाब छ ।