Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

अन्तिम ओभरको ६ बलमा ६ छक्का हानेर दीपेन्द्र सिंह ऐरीले बनाए नयाँ रेकर्ड

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले बिस्फोटक ब्याटिङ गर्दै नयाँ रेकर्ड बनाएका छन् । एसीसी प्रिमियर कपको दोस्रो खेलमा कतारविरुद्ध ब्याटिङ गर्दै अन्तिम ओभरमा दीपेन्द्रले ६ बलमा ६ छक्का हानेर रेकर्ड बनाएका हुन् । 

मम.jpg

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले बिस्फोटक ब्याटिङ गर्दै ६४ रन जोडे । जम्मा २१ बल खेलेका उनले ७ छक्का र ३ चौकाको मद्दतमा ६४ रन बनाएका हुन् ।

एसीसी प्रिमियर कपको दोस्रो खेलमा नेपालले कतारलाई २११ रनको लक्ष्य दिएको छ । ओमानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २१० रन बनाएको हो ।

dipendra.jpg

त्यस्तै आसिफ शेखले ५२, कुशल मल्लले ३५, रोहित पौडेलले १८ र कुशल भुर्तेलले १२ रन जोडे ।