Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

एसीसी प्रिमियर कप:

दीपेन्द्रको बिस्फोटक ब्याटिङमा नेपालले कतारलाई दियो २११ रनको लक्ष्य

एसीसी प्रिमियर कपको दोस्रो खेलमा नेपालले कतारलाई २११ रनको लक्ष्य दिएको छ ।

अल अमिरत क्रिकेट ग्राउन्डमा कतारविरूद्ध टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले ७ विकेट गुमाएर २१० रनको योगफल तयार पारेको हो।

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले बिस्फोटक ब्याटिङ गर्दै ६४ रन जोडे । जम्मा २१ बल खेलेका उनले ७ छक्का र ३ चौकाको मद्दतमा ६४ रन बनाएका हुन् । त्यस्तै आसिफ शेखले ५२, कुशल मल्लले ३५, रोहित पौडेलले १८ र कुशल भुर्तेलले १२ रन जोडे । 

बलिङतर्फ कतारका हिमांशु राथोड र मुशावर साहले  ३/३ विकेट लिए भने अमिर फारूकले १ विकेट लिए।

नेपाल प्रतियोगिताको साबिक विजेता हो। जारी संस्करणको पहिलो खेलमा नेपालले मलेसियालाई ५ विकेटले पराजित गरेको थियो।