Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

मलेसियालाई पाँच विकेटले हराउँदै एसीसी प्रिमियरमा नेपालको विजयी सुरुवात

एसीसी प्रिमियरमा नेपालले विजयी सुरुवात गरेको छ । पहिलो खेलमा नेपालले मलेसियालाई पाँच विकेटले हराएको हो । १४४ रनको लक्ष्य पछ्याएको नेपालले १९.२ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो ।

नेपालको जितमा गुलशन झाले ७ बलमा १ चौका र २ छक्कासहित १९ तथा सन्दीप जोरा १२ रनमा नट आउट रहे ।ओमानको अल अमेरत क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको मलेसियाले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १४३ रन बनाएको थियो ।

deependra.jpg

कप्तान रोहित पौडेल २४ बलमा १ छक्कासहित २८ रनमा क्याच आउट भए । नेपाललाई ओपनर आसिफ शेख र कुशल भुर्तेलले ७.५ ओभरमा ४९ रनको साझेदारी गर्दै मध्यम सुरुवात दिलाएका थिए । कुशल भुर्तेल २४ बलमा ३ चौकासहित २४ रनमा स्पिनर पवनदीप सिंहको बलमा एलबीडब्लू आउट भए ।

आसिफ शेख ३५ बलमा ४ चौकासहित ३२ र कुशल मल्ल ७ रनमा आउट भएका थिए । दीपेन्द्र ११ बलमा २ चौका र १ छक्कासहित २० रनमा नट आउट रहे । मलेसियाका विरनदीप सिंहले ४ ओभरमा ३५ रन खर्चेर ३ विकेट लिए । पवनदीपसिंह र मोहम्मद वाकिफले १/१ विकेट लिए ।

त्यसअघि अल अमरेत क्रिकेट मैदान १ मा टस जितेर पहिला ब्याटिङ रोजेको मलेसियाले २० ओभरमा ३ विकेट गुमाउँदै १४३ रन बनाएको थियो । कप्तान विरनदीप सिंह ५५ बलमा ३ चौका र ४ छक्कासहित सर्वाधिक ६८ रनको सुस्त इनिङ खेलेका थिए । 

सअघि घरेलु मैदानमा भएको प्रतियोगिताको उपाधि जित्दै नेपालले गत संस्करणको एसिया कप खेलेको थियो ।