Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

मलेसियाले नेपाललाई दियो १४४ रनको लक्ष्य

एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत मलेसियाविरुद्धको खेलमा नेपालले १४४ रनको लक्ष्य पाएको छ। ओमानको अल अमेरत क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १४३ रन बनायो।

मलेसियाका कप्तान भिरनदिप सिंहले ५७ बलमा ४ चौका र ४ छक्काको मद्दतमा ७२ रन बनाएर अविजित रहे। यस्तै शार्भिन मुनियान्डीले ५१ रन बनाए। नेपालका दिपेन्द्र सिंह ऐरीले २ तथा अभिनास बोहोराले १ विकेट लिए।

आजदेखि शुरु भएको उक्त प्रतियोगितामा विभिन्न १० टोलिको सहभागिता छ।