Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

आईपीएलः कोलकोतामाथि चेन्नईको सहज जित

इण्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत चेन्नई सुपर किंग्सले कोलकोता नाइट राइडर्सलाई पराजित गरेको छ । गए राति सम्पन्न खेलमा चेन्नईले कोलकोतालाई ७ विकेटले पराजित गरेको हो । 

कोलकोताले दिएको १३८ रनको लक्ष्य पछाएको चेन्नईले १७.४ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । यसअघि टस हारेर पहिला ब्याटिङ गरेको कोलकोताले २० ओभरमा ९ विकेट गुमाउँदै १३७ रन मात्र बनाएको थियो । चेन्नईको यो जारी सिजनमा तेस्रो जित हो । 

५ खेलमा ३ जित र २ हारसहित चेन्नईको ६ अंक भएको छ । त्यस्तै कोलकोताको भने यो पहिलो हार हो । ४ खेलमा ३ जित र एक हारसहित कोलकोताको ६ अंक रहेको छ ।