Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

प्रतिनिधिसभाको बैठक बस्दै, गृहमन्त्रीले दलसम्बन्धी विधेयक पेश गर्ने

प्रतिनिधिसभाको बैठक आज मंगलबार बस्दैछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ ।

बैठक बिहान ११ बजे बोलाइएको छ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय प्राकृतिक स्रोत तथा बित्तीय आयोगको पाँचौं बार्षिक प्रतिवेदन २०८० पेश गर्नेछन् ।

संघीय संसद सचिवालयका अनुसार उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतले ‘अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए) को स्थापनासँग सबन्धित सम्झौता’ को प्रावधान माथी सदनमा छलफल गरियोस् र अनुमोदन गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

उपप्रधानमन्त्री एवमं गृह मन्त्री रवी लामिछानेले ‘राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) बिधेयकमाथि बिचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

साथै उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले राष्ट्रियसभामा उत्पति भएको ‘बिद्युतीय ब्यापार बिधेयक २०८० माथि बिचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने महासचिव पदमप्रसाद पाण्डेले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।