Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

एसएमएस फ्रेन्डशिप कपः फाइनलमा गुजरातलाई १८ रनले पराजित गर्दै नेपाल विजयी

एसएमएस फ्रेन्डशिप कप फाइनलमा गुजरात क्रिकेट एसोसियसनविरुद्ध १८ रनको जित निकाल्दै नेपालले ‘एसएमएस फ्रेन्डसिप कप’को उपाधि जितेको छ ।

आइतबार भारतको वापीमा सम्पन्न फाइनलमा नेपालले प्रस्तुत गरेको १७७ रनको लक्ष्य पछ्याउने क्रममा गुजरातले निर्धारित २० ओभर खेले पनि आठ विकट गुमाएर १५८ रनमात्र बनाउन सक्यो ।

नेपालले पहिला ब्याटिङ गर्दै जितका लागि दिएक १७७ रनको लक्ष्य गुजरातले निर्धारित ओभरमा ८ विकेट गुमाएर १५८ रनमा बनाएपछि १८ रनले पराजित भएको हो। गुजरातका ओपनरले दरिलो शुरुवात गरे। २३ बलमा ३६ रन बनाएर ओपनर आर्या देसाई आउट हुँदा गुजरातको स्कोर १ विकेटमा ५४ रन थियो। उनलाई करण केसीले कुशल मल्लबाट क्याच आउट गराए।

१५ बलमा १७ रन बनाएकाअर्का ओपनर रुद्रा पटेललाई कुशल मल्लले बोल्ड गरे। गुजरातको कुल स्कोर ६० रन हुँदा दोस्रो विकेट खस्यो। जयमित पटेलले १३ बलमा १५ रन बनाए। उनी आउट हुँदा गुजरात ३ विकेटमा ९३ रन थियो। उमंग तान्डेलले २८ बलमा ४० रन बनाएर आउट भए। 

प्रियेश पटेलले रन ३ बलमा १ रन बनाएर अभिनाश बोहोराको बलमा बोल्ड भए। हर्ष पटेल ७ बलमा १५ रन बनाएर आउट भए। स्मित पटेल ४ बलमा ४ रनमा आउट  हुँदा गुजरातको सातौँ विकेट १३३ रनमा खसेको थियो। तेजस पटेलले ४ बलमा ६ रन बनाए।