Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

आयरल्याण्ड वुल्भ्सविरुद्ध अर्जुन कुमालको शतक, नेपाललाई ६९ रनले पराजित गर्दै सिरिज क्लिनस्विप

अर्जुन कुमालले तेस्रो तथा अन्तिम एक दिवसीयमा आयरल्याण्ड वुल्भ्सविरुद्ध शतक बनाएका छन् । तेस्रो एकदिवसीय खेलमा नेपाल 'ए' क्रिकेट टिमलाई ६९ रनले पराजित गर्दै आयरल्यान्ड वुल्भ्सले तीन खेलको एकदिवसीय सिरिज क्लिनस्विप गरेको छ।

आइतबार कीर्तिपुरस्थित त्रिवि मैदानमा आयरल्यान्डले दिएको २८५ रन पछ्याएर ब्याटिङ गरेको नेपाल ३९.४ ओभरमा २१५ रनमा अलआउट भयो। 

ष.jpg

आयरल्यान्ड वुल्भ्सले प्रस्तुत गरेको २८५ रनको लक्ष्य पछ्याइरहेको नेपालबाट कुमालले १०० रन पूरा गरेका हुन् । उनले ११४ बलमा १४ चौका प्रहार गरे ।२८५ रनको लक्ष्य पछ्याएको नेपालका ओपनर कुमालले ३४औं ओभरको पहिलो बलमा २ रन जोड्दै शतक पूरा गरेका हुन् ।

कुमालले अर्जुन साउदसँग मिलेर नेपाललाई राम्रो सुरूवात दिलाएका थिए । दुवैले पहिलो विकेटका लागि ६८ रनको साझेदारी गरेका थिए । साउद ३६ रनमा आउट भए ।

त्यसपछि देव खनालसँग ५२ रनको साझेदारी गरे । खनाल १० रनमा आउट भए । नरेन भट्ट (११), विनोद भण्डारी (१५) र भीम सार्की (०) रनमै आउट भए ।