इण्डियन प्रिमियर लिग (आईपीएल) मा शनिबार राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैंग्लुरुबीच खेल हुँदैछ। खेल जयपुरको सवाई मानसिंह स्टेडियममा बेलुकी पौने ८ बजे शुरु हुनेछ ।
राजस्थान सञ्जु सैमसन र बैंग्लुरु फाफ डु प्लेसिसको कप्तानीमा मैदानमा उत्रिन लागेका हुन् । आईपीएलमा राजस्थान र बैंग्लुरुले ३० खेल खेलेका छन्। राजस्थान १२र बैंग्लुरु १५ खेलमा विजयी भएको छ । यी दुईबीचको ३ खेलमा कुनै नतिजा निस्केन । दुई टोलीबिच जयपुरमा ८ खेल भएका छन् जसमा दुवैले ४–४ ले जितेका थिए ।
गत वर्ष जयपुरमा दुवै टोली भिड्दा घरेलु टोली ५९ रनमा अलआउट भएको थियो । यस सिजन भने राजस्थानले तीनवटै खेल जितेको छ । अर्कोतर्फ, बैंग्लुरुले ४ मध्ये ३ खेलमा हार बेहोरेको छ ।