Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

नेपाल ‘ए’ र आयरल्याण्ड वोल्भ्सबीच आज दोस्रो खेल हुँदै

नेपाल ‘ए’ र आयरल्याण्ड वोल्भ्सबीचको दोस्रो खेल आज शुक्रबार हुँदैछ । त्रिवि मैदानमा हुने यो खेल बिहान ९ः ३० बजेदेखि सुरु हुनेछ ।

नेपाल ‘ए’ विरुद्धको एकदिवसीय सिरिजमा विजयी सुरुवात गरेको छ । तीन खेलको सिरिजको पहिलो खेलमा आयरल्याण्ड वोल्भ्स २१ रनले विजयी भएको हो । यो जितपछि आयरल्याण्ड वोल्भ्स सिरिजमा १–० ले अगाडि रहेको छ । त्यस्तै अब सिरिजको अन्तिम खेल आइतबार हुने तालिका रहेको छ ।


एक दिवसीय सिरिज खेल्ने नेपाल ‘ए’ टिमः

विनोद भण्डारी (कप्तान), अर्जुन कुमाल, देव खनाल, नरेन भट्ट, भिम सार्की, अर्जुन साउद, आरिफ सेख, बशीर अहमद, कमल सिंह ऐरी, शदाब आलम, रंजित कुमार, रुपेश सिंह, रिजन ढकाल, बिकास आग्री र मौसम ढकाल रहेका छन् ।