आयरल्यान्ड वुल्भ्सलाई नेपालले पहिलो एकदिवसीय खेलमा १५७ रनमै अलआउट गरेको छ। बुधबार कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको आयरल्यान्डलाई नेपालले कमलसिंह ऐरीको ह्याट्रिकको मद्दतमा १५७ रनमै अलआउट गरेको हो।
कमलले अन्तिम तीन विकेट लगातार लिएर ह्याट्रिक गरेका छन्। उनले ३८.१ ओभरमा लियाम म्याकार्थीलाई २ रनमा साहब अलामबाट क्याच गराए। दोस्रो बलमा म्याथ्यु हमफ्रीलाई बोल्ड गर्दा कमलले तेस्रो बलमा पनि बेन ह्वाइटलाई बोल्ड गरे। कमलले ६.३ ओभरमा १ मेडन राख्दा ४ विकेट लिए भने २१ रन खर्चिए। नेपालका लागि साहब अलाम र मौसम ढकालले पनि २-२ विकेट लिए।
वुल्भ्सका केड कार्माइकलले सर्वाधिक ५१ रन बनाए । उनले ७७ बलमा चार चौका प्रहार गरे । ६१–३ को अवस्थाबाट कार्माइकल कप्तान निल रकसँग ६५ रनको साझेदारी गर्दै वुल्भ्सको इनिङ सम्हालेका थिए । तर, यसपछि लगातार विकेट गुमाउँदा वुल्भ्स सस्तैमा समेटिएको हो । कप्तान रकले ३२ बलमा दुई चौका र तीन छक्कासहित ३९ रन बनाए । पेटर मुरले २१ रन बनाउँदा जेम्स म्याकोलम र स्टेफन डोहेनीले समान १२ रन थपे ।
ह्याट्रिकसहित कमलसिंहले चार विकेट लिए । ६.३ ओभर बलिङ गर्दा उनले एक मेडन फ्याक्दै २१ रन खर्चिए । उनले ३९औँ ओभरको पहिलो, दोस्रो र तेस्रो बलमा लगातार विकेट लिएका हुन् । साहब आलम र मौसम ढकालले समान दुई विकेट लिए । यस्तै, रिजन ढकालले एक विकेट हात पारे ।
आयरल्यान्डका लागि कारमाइकलले ५१ रन र निल रकले ३९ रन जोड्दा अरु ब्याटर सस्तैमा आउट भए। यसअघि तीन खेलको टी-२० सिरिज आयरल्यान्डले २-१ जितेको थियो।बुधबारदेखि दुई टिमबीच तीन खेलको एकदिवसीय सिरिज सुरु भएको हो।
आजको खेलपछि शृंखलाको दोस्रो खेल शुक्रबार र अन्तिम खेल आइतबार हुनेछ । नेपाल ‘ए’ सँगको खेलअघि वुल्भ्सले नेपाली राष्ट्रिय क्रिकेट टिमसँग पनि दुई ट्वान्टी–२० क्रिकेट खेलेको थियो । जहाँ वुल्भ्स दुवै खेलमा पराजित भएको थियो ।