फ्रेन्डसिप कपअन्तर्गत त्रिकोणात्मक टी–ट्वान्टी सिरिजमा नेपालले आज मंगलबार भारतको क्लब बडोरासँग खेल्दैछ । खेल आज दिउँसो पौने ३ बजेबाट मेघपन स्पोर्ट्स लाइफ ग्राउण्डमा सुरु हुनेछ ।
भारतमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले पहिलो खेलमा गुजरातलाई ८ विकेटले पराजित गरेको छ । नेपालसँग पराजित गुजरातले भने सोमबार बडोरालाई ५ विकेटले पराजित गर्दै पहिलो जित निकालेको छ ।
नेपाल आज लगातार दोस्रो जित निकाल्ने दाउमा हुँदा गुजरात पनि पहिलो हारको बदला लिन चाहन्छ । त्रिकोणात्मक टी–ट्वेन्टी सिरिजमा नेपाल, गुजरात र बरोडा सहभागी छन्। यस सिरिजमा खेल डबल राउण्ड रोबिनमा हुनेछ ।
नेपालले ओमानमा हुने एसीसी प्रिमियर कपको तयारी स्वरुप सिरिज खेल्न लागेको हो । नेपालले चैत २१ मा गुजरातसँग खेल्नेछ । त्यस्तै सिरिजको अन्तिम खेल चैत २३ मा बरोडासँग खेल्ने छ ।
प्रतियोगिताका शीर्ष दुई टोलीले चैत्र २५ मा फाइनल खेल्ने छन् । त्यसपछि नेपाल त्यहाँबाट ओमान जानेछ ।