समाजवादी मोर्चाले आज मंगलबार वृहत अन्तरक्रिया कार्यक्रम गर्दैछ । राष्ट्रिय सभागृहमा कार्यक्रम मङ्गलवार दिउँसो १ बजे सुरु हुनेछ ।
समाजवादी मोर्चाले ‘नेपाली विशेषताको समाजवाद निर्माणबारे’ शीर्षकमा वृहत् अन्तरक्रिया कार्यक्रम गर्न लागेको हो । समाजवादी मोर्चाको सचिवालयको बैठकको निर्णय अनुमोदन भएसँगै सो कार्यक्रम टुङ्गो लागेको नेकपा प्रवक्ता खडगबहादुर विश्वकर्माले जानकारी दिए ।
सो मोर्चामा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल र नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा सहभागी रहेका छन् ।