Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

एसईई परीक्षा चीट चोर्नेहरुको चपेटामा, परीक्षामा कडाई नभएकोमा सांसद मनिष झाको आपत्ति (भिडियो)

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले मधेसमा कडाइकासाथ एसईई परीक्षा सञ्चालन नहुँदा मधेश प्रदेश बदनाम भैरहेको उल्लेख गर्दै परीक्षलाई मर्यादित बनाउनुपर्नेमा जोड दिएका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकमा २ मिनेट समय माग गरी बोलेका उनले केन्द्रबाट खटाइने प्रहरी प्रशासनका प्रमुखहरु, निरिक्षक र सबै अधिकारीहरुका कमजोरीका कारण परीक्षामा चिट चोर्ने लगायतका अनपेक्षित घटनाहरु बाहिर आएको तर,त्यसको मूल्य सिङगो मधेसले चुकाउन परेको बताए ।

उनले भने,‘अहिले मधेस आफैं एसईई परीक्षा हुँदा चीट चोर्नेहरुको चपेटामा पर्दैछ । यसको दोष मधेसले किन खेप्दैछ ? काठमाडौंमा सुनिन्छ ड्राइभिङ लाइसेन्स छैन् भने मधेस झरौं न पाइहाल्छ भन्ने छ । एसईई पास भएन भने त्यहाँ जाउ भइहाल्छ भन्ने छ । यहीबाट खटाइएको सिडिओ, एसपी निरीक्षक सबै अधिकारीहरुले छुट दिइरहेको छन् । तर त्यसको मूल्य मधेसले तिरिराखेको छ । यसको दोष हामी मधेसी होइन्, केन्द्रबाट खटाइने सबै अधिकारीहरु हुन् ।’

उनले मधेसमा हुँदै गरेको परीक्षालाई गम्भीरतापूर्वक लिई आवश्यक विधि, पद्दती र कडाइकासाथ परीक्षा गराउन माग गरे ।