आयरल्याण्ड वल्भ्सविरुद्ध आरिफ शेखले अर्धशतक प्रहार गरेका छन् । उनले २९ बलमा अर्धशतक प्रहार गरेका हुन् । उनले ३ चौका र ३ छक्का प्रहार गरेका छन् ।
टी–२० सिरिजको तेस्रो तथा अन्तिम खेलमा टस हारेर ब्याटिङ गरेको नेपालले खराव सुरुवात गरेको थियो । नेपाल ‘ए’ ले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयरल्याण्ड वल्भ्सका कप्तान निल रकले टस जितेर फिल्ड गर्ने निर्णय लिएपछि ब्याटिङ गरे पनि नेपालले १४ ओभरमा ओभरमा १२० रन बनाएर पाँच विकेट गुमाएको छ ।
नेपालले आज टोलीमा एक परिवर्तन गरेको छ । पछिल्लो खेलबाट किरण ठगुन्नाको स्थानमा नारायण जोशी टोलीमा आएका छन् । आयरल्याण्डले भने टोलीमा ४ परिवर्तन गरेको छ ।
आयरल्याण्ड वल्भ्सले सिरिज २–० ले जितिसकेको छ । शुक्रबार भएको पहिलो खेलमा नेपाल २१ रनले पराजित भएको थियो । शनिबार दोस्रो खेलमा ४० रनको जित दर्ता गर्दै वल्भ्सले सिरिज आफ्नो पक्षमा पारिसकेको छ । आज नेपाली टोली सिरिज ह्वाइटवास बचाउने लक्ष्यमा हुनेछ ।