एसएमएस फ्रेन्डसिप कपको पहिलो खेलमा नेपालले गुजरातलाई ८ विकेटले पारजित गरेको छ ।
नेपालले एसएमएस फ्रेन्डसिप कपको पहिलो खेलमा नेपालले गुलशन र करणको उत्कृष्ट बलिङमा गुजरात क्रिकेट एसोसिएसनलाई पराजित गर्दै विजयी शुरूआत गरेको हो। आइतबार सम्पन्न खेलमा नेपालले गुजरातलाई ८ विकेटले पराजित गरेको हो।
गुजरातले दिएको ९९ रनको लक्ष्य नेपालले १५.२ ओभरमा २ विकेट गुमाएर पार गर्यो। नेपालका ओपनरद्वय कुशल भुर्तेल १७ रन र आसिफ शेख १६ रन जोडेर आउट भएका थिए। अनिलकुमार साहले नटआउट ३२ रन र कप्तान रोहितकुमार पौडेलले नटआउट ३३ रन बनाए। अनिलले ३५ बलमा ३ चौका र १ छक्का तथा रोहितले २६ बलमा ३ चौका प्रहार गरे।
नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको भारतको रणजी टिम गुजरात १८.२ ओभरमा ९८ रनमा अलआउट भयो। गुजरातका लागि ओपनर रुद्र मयुर पटेलले सबैभन्दा बढी २३ रन जोडे। नेपालका दीपेनद्रसिंह ऐरीबाट रनआउट हुनुअघि उनले २२ बलमा ४ चौका प्रहार गरे।
त्यसअघि आर्या देसाईलाई करण केसीले ४ रनमा बोल्ड गर्दा कप्तान उमंग रोहितकुमारलाई गुल्सन झाले सन्दीप जोराबाट ५ रनमा क्याच गराए। गुजरातका स्मित पटेल १० रन, अभिषेक देसाई ११ रन र हेमंग पटेल २० रनमा आउट भए। सरल प्रजापति १७ रनमा रनआउट भए।
बलिङमा नेपालका गुल्सन झाले ४ विकेट लिए। उनले ४ ओभरमा २२ रन खर्चिए। करण केसीले ३ विकेट लिए। उनले ३.२ ओभरमा २२ रन नै दिए। सोमपाल कामीले १ विकेट हात पारे।