Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

खुट्टाले लेखेर एसइई परीक्षा दिँदै ऋषिराम कँडेल

श्रृङ्गा जनता माविमा अध्ययनरत ऋषिराम कँडेल बिहीबार रुरु क्षेत्र गाउँपालिको जनबोध माध्यमिक विद्यालय परीक्षा केन्द्रमा खुट्टाले लेखेर एसइई परीक्षा दिँदै ।

छत्रकोट– ४ का १९ वर्षीय ऋषिराम कँडेल खुट्टाले लेखेरै एसइई दिँदै छन् । श्रृंगा जनता माविमा अध्ययनरत कँडेलले रुरु क्षेत्र गाउँपालिको जनबोध मावि परीक्षा केन्द्रबाट परीक्षा दिन लागेका हुन् ।

उनलाई छुट्टै कोठामा कार्पेट र कुसनमा बसेर परीक्षा दिने व्यवस्था मिलाइएको परीक्षा केन्द्रका केन्द्राध्यक्ष वामदेव ज्ञवालीले जानकारी दिए । कँडेलले आवश्यकताका आधारमा डेढ घण्टासम्म थप समय पाउने उनको भनाइ छ । 

ऋषिराम जन्मजात अपांगता भएका व्यक्ति हुन् । दाहिने खुट्टाको दुई औँलाबाहेक अरू चल्दैनन् । तर, त्यही दुई औँलाले आफ्नो भविष्य कोर्दै छन् । ऋषिराम परीक्षामा सहभागी हुने कुराले उत्साहित छन् । 

JG-Gulmi.jpg