Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

नेपाल ‘ए’ र आयरल्याण्ड वोल्भ्सबीचको टी–२० खेल रद्द

नेपाल ‘ए’ र आयरल्याण्ड वोल्भ्सबीचको टी–२० सिरिजको पहिलो खेल रद्द भएको छ । लगातारको बर्षाका कारण मैदान खेल्न योग्य नभएपछि आजको खेल रद्द भएको नेपाल क्रिकेट संघ (क्यान) ले जानकारी दिएको हो ।

त्रिवि मैदानमा हुने यो खेल अपराहन्न १ बजेदेखि शुरु हुने तालिका रहेको थियो । नेपाल ‘ए’ ले मार्च २८ , २९ र ३१ मा आयरल्याण्ड वोल्भ्ससँग टी–२० सिरिज र अप्रिल ३, ५ र ७ मा एकदिवसीय सिरिजका खेल्ने तालिका रहेको छ । त्यसअघि नेपालको राष्ट्रिय टिमले आयरल्याण्ड ‘ए’ सँग दुई टी–२० खेल खेलेको थियो, जसमा दुवै खेल नेपालले जितेको थियो ।

टी–२० सिरिज खेल्ने नेपाली ए टिम

विनोद भण्डारी (कप्तान), लोकेस बम, देव खनाल, पवन सराफ, किरण ठगुन्ना, आरिफ सेख, अर्जुन घर्ति, नारायण जोशी, बशीर अहमद, रसिद खान, सागर ढकाल, विपिन खत्री, कमल सिंह ऐरी, हेमन्त धामी र विकास आग्री रहेका छन् ।