Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

सुनकोशीमा बेपत्ता तीनै जना बालबालिकाको शव भेटियो

होली खेलेर नुहाउने क्रममा सुनकोशीमा बेपत्ता भएका तीनै जना बालबालिका मृत भेटिएका छन् । उनीहरु आइतबारदेखि हराइरहेका थिए । 

जसमा बुधबार त्रियुगा नगरपालिका–१४ साउने बस्ने बर्ष ९ की रेखा मगरको शव मृत अवस्थामा भेटिएको थियो भने मंगलबार सोही ठेगाना बस्ने बर्ष ६ को रिदम मगरको शव मृत फेला परेको थियो ।

रेखाको शव उदयपुरको त्रियुगा नगरपालिका–२४ स्थित सिम्ले नजिक दुर्गे ढुङ्गामा फेला परेको र रिदमको शव खोटाङको बाराहापोखरी गाउँपालिका–२ टप्पुभन्ने स्थानमा फेला परेको थियो । 

त्यस्तै ९ वर्षका लोकचन्द्र मगरको शव बुधबार अपराहन्न भेटिएको हो । होली खेल्दै सुनकोशीमा नुहाउने क्रममा उनीहरु बेपत्ता भएका थिए ।