धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालकी छोरी बेपत्ता भएकी छन्। हमालकी जेठी छोरी आरती भारतको गोवास्थित जोरबा वाईब आस्बिन ब्रीजबाट हिजोदेखि सम्पर्कविहीन भएकी हुन्।
ओशो साधकसमेत रहेकी आरती ओशो ध्यान गर्न केही समयदेखि भारतको गोवामा बस्दै आएकी थिइन्। मेयर हमालले आफ्नी जेठी छोरी सम्पर्कविहीन भएको खबर केही समय अघि सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन्।
जेठी छोरीको खोजी गर्न हमालकी कान्छी छोरी र ज्वाई गोवा पुगेका बताउँदै उनले छोरीका बारे कुनै जानकारी भए खबर गराइदिन अनुरोधसमेत गरेका छन्।
मेयर गोपाल हमालले छोरी आरतीको खोजीका लागि अनुरोध गर्दै फेसबुकमा लेखेका छन् -
मेयर हमालले फेसबुकमा लेखेका छन्- ‘मेरी जेठो छोरी आरती ओशो साधक हुन् । उनी केही महिनादेखि ओशो ध्यान गर्न गोवामा बस्दै आएकी थिइन् । हिजोदेखि जोरबा वाइब आस्बिन ब्रिजबाट सम्पर्कविहीन भएको उनको साथीबाट खबर आएकाले गोवा बस्नु हुने शुभचिन्तक दाजुभाइ दिदीबहिनीहरूले खोजीकार्यमा सहयोग गरिदिन हुन विनम्र अपिल गर्दछु ।
साथै मेरो कान्छी छोरी आर्जु र ज्वाइँ जेठी छोरी आरतीको खोजी गर्न आज रातिको प्लेनमा गोवा पुगिरहेकाले मोबाइल नम्बर ९७९४०९६०१४/८२७३५३८१३२/ ९३९८६०७९५३ मा सम्पर्क गरी त्यहाँ आवश्यक सहयोग एवं खोजी कार्यमा सहजीकरण गरिदिन हुन हार्दिक अनुरोध गर्दछु ।’